पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने गबन्धनको निर्णय, संयोजकमा ओली - Chaitanya News
  • 2026-04-26
  • 06:11:08
  • आइतबार,बैशाख १३, २०८३
  • पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने गबन्धनको निर्णय, संयोजकमा ओली

    पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने गबन्धनको निर्णय, संयोजकमा ओली

    काठमाडौं –  सात दलीय सत्ता गठबन्धनले आगामी ५ दिनभित्र न्यनूतम् साझा कार्यक्रम तय गर्ने भएको छ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय लिएको गृहमन्त्री रवि लामिछानेले बताएका छन्।

    बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न समिति गठन गरेको छ । त्यसको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाइएको छ। प्रत्येक दलबाट उक्त समितिमा १–१ जना नेताहरूलाई सदस्यको रूपमा जिम्मेवारी दिइने भएको छ।

    बैठकमा मूलभूत रुपमा न्यूनतम् साझा कार्यक्रम कसरी अघि बढाउने भनेर कुरा भएको पनि उनले बताए।लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारमा आउने बताए।

    बैठकमा मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटबारे पनि छलफल भएको थियो । त्यसैगरि प्रदेश सरकार गठनको विषयले पनि प्रवेश पाएको थियो।

    आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा गृहमन्त्री रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सामेल रहेका थिए ।