देशको अर्थतन्त्र सावधानीपूर्वक ठिक ठाउँमा ल्याउन सकिन्छ : मन्त्री पौडेल - Chaitanya News
  • 2026-04-26
  • 06:08:09
  • आइतबार,बैशाख १३, २०८३
  • देशको अर्थतन्त्र सावधानीपूर्वक ठिक ठाउँमा ल्याउन सकिन्छ : मन्त्री पौडेल

    देशको अर्थतन्त्र सावधानीपूर्वक ठिक ठाउँमा ल्याउन सकिन्छ : मन्त्री पौडेल

    काठमाण्डौ– उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्र सावधानीपूर्वक कदम चाल्दा ठिक ठाउँमा आउने बताएका छन।

    आज बुधवार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार सङ्घसँगको छलफलमा बोल्दै मन्त्री पौडेलले सरकारले सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र सकारात्मक दिशामा आउने बताका हुन। उनले अहिले सबैको साझा सरोकारको विषय आर्थिक क्षेत्रमा देखिएका समस्या समाधान खोज्ने र सबल अर्थतन्त्रमा निर्माण गर्न सकिने बताए।

    अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी सबल अर्थतन्त्र बनाउन सबैले एउटा–एउटा इँटा थप्दै जानुपर्ने आवश्यकता रहेको बताए। देशको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर नभए पनि समस्या भने रहेको उनको भनाइ छ।

    उनले भने ‘देशको अर्थतन्त्र काबुभन्दा बाहिर गएको भन्ने होइन तर अर्थतन्त्रमा समस्या छन्। यदि मिस ह्यान्डल गर्‍यो भने अर्थतन्त्र अफ्ठ्यारोमा पर्न सक्छ। सावधानीपूर्वक हिँड्यौँ भने र ठिक ढङ्गले कदम चाल्दै गयौँ भने अर्थतन्त्र ठिक ढङ्गमा आउन सक्ने देखिएको छ। अर्थ मन्त्रालयभित्र र बाहिर बसेर हेर्दा फरक पर्ने रहेछ, त्यो मैले महसुस गरेको छु।’

    मन्त्री पौडेलले अर्थतन्त्रलाई सबल बनाउनका लागि आर्थिक पत्रकारले रचनात्मक भूमिका खेल्नुपर्ने बताए।