बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले लिए शपथ - Chaitanya News
  • 2026-05-07
  • 13:20:34
  • बिहिबार,बैशाख २४, २०८३
  • बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले लिए शपथ

    बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले लिए शपथ

    काठमाडौं– बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    बुधबार प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नुवाकोटबाट निर्वाचित माओवादी केन्द्रका ढुंगानालाई शपथ खुवाएका हुन्।

    बागमती प्रदेशका १ सय १० सांसदमध्ये ढुंगाना सबैभन्दा ज्येष्ठ सांसद हुन्। उनको जन्म विसं २००६ असोज २ गते नुवाकोटमा भएको थियो। ढुंगानाकै अध्यक्षतामा प्रदेशसभाको पहिलो बैठक बस्दैछ।

    संवैधानिक व्यवस्था अनुसार अध्यक्षले शपथ लिएको १५ दिनभित्र प्रदेशसभाले सभामुख चयन गर्नुपर्नेछ। भोलि (बिहीबार) ढुंगानाले प्रदेशका १ सय ९ जना सांसदलाई शपथ खुवाउने कार्यसूची छ।