दक्षिण सुडानमा जातीय समुदायबीच झडप,५६ जनाको मृत्यु - Chaitanya News
  • 2026-06-23
  • 15:43:15
  • मंगलबार,आषाढ ०९, २०८३
  • दक्षिण सुडानमा जातीय समुदायबीच झडप,५६ जनाको मृत्यु

    दक्षिण सुडानमा जातीय समुदायबीच झडप,५६ जनाको मृत्यु

    काठमाडौं– दक्षिण सुडानको पूर्वी जोङलेई राज्यमा चार दिनदेखि चलेको लडाइँमा नुयर समुदायका युवाहरूले अर्को जातीय समूहलाई आक्रमण गर्दा भड्किएको हिंसामा ५६ जनाको मृत्यु भएको स्थानीय अधिकारीले मंगलबार बताएका छन्।

    सन् २०११ मा सुडानबाट स्वतन्त्र भएको दक्षिणी सुडानको भूभाग दशकौंदेखि झगडा र गाईवस्तु र जमिनको विषयलाई लिएर द्वन्द्वले ग्रस्त छ।
    गुमुरुक काउन्टी र लिकुआंगोल काउन्टीमा डिसेम्बर २४ मा मुर्ले समुदायमा सशस्त्र नुयर युवाहरूले आक्रमण गरेका ग्रेटर पिबोर प्रशासनिक क्षेत्रका सरकारी अधिकारी अब्राहम केलाङले बताए। सरकारले समुदायहरूलाई मद्दत गर्न प्रबन्ध गरिरहेको छ, तर लडाई अझै जारी छ’ केलंगको भनाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

    झडपमा ५१ जना नुयर समुदायका र पाँच जना मुर्ले डिफेन्डरहरू मारिएका उनले बताए।