पाँच महिनामा नेपालबाट साढे १२ करोडको चिउरा निर्यात, अस्ट्रेलियामै १४४ टन - Chaitanya News
  • 2026-04-28
  • 08:32:15
  • मंगलबार,बैशाख १५, २०८३
  • पाँच महिनामा नेपालबाट साढे १२ करोडको चिउरा निर्यात, अस्ट्रेलियामै १४४ टन

    पाँच महिनामा नेपालबाट साढे १२ करोडको चिउरा निर्यात, अस्ट्रेलियामै १४४ टन

    काठमाडौं– पछिल्लो पाँच महिना अवधिमा नेपालबाट साढे १२ करोड रुपैयाँभन्दा बढीको चिउरा निर्यात भएको छ।

    चालु आर्थिक वर्ष २०८२–८३ साउनदेखि मंसिरसम्म १२ करोड ५८ लाख ७८ हजार रुपैयाँ बराबरको चिउरा निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

    यस अवधिमा ३ लाख १४ हजार ३ सय ११ किलो अर्थात् ३ सय १४ टन चिउरा १० देशमा निर्यात भएको तथ्यांकले देखाउँछ ।

    सबैभन्दा धेरै चिउरा अस्ट्रेलिया निर्यात भएको छ। पाँच महिनामा अस्ट्रेलियामा ७ करोड २९ लाख ३४ हजार रुपैयाँको १ लाख ४४ हजार ६ सय ३२ किलो किलो (१ सय ४४ टन)चिउरा निर्यात भएको छ।

    यस्तै इटालीमा १ करोड ६४ लाख ९ हजार रुपैयाँको ५७ लाख ३ सय ४० किलो, अमेरिकामा १ करोड ३० लाख ७२ हजार रुपैयाँको २३ हजार ४ सय २४ किलो र क्यानडामा १ करोड ७ लाख ७३ हजार रुपैयाँको २९ हजार ३ सय २ किलो चिउरा निर्यात भएको छ।

    यसैगरी जापानमा ३५ हजार ८ सय ८० किलो चिउरा निर्यात हुँदा ५१ लाख ९७ हजार रुपैयाँ आम्दानी भएको छ। पोल्यान्डमा ४८ लाख ७९ हजार रुपैयाँको १२ हजार ९ सय २६ किलो र युनाइटेड अरब इमिरेट्स (यूएई) मा २२ लाख ६३ हजार रुपैयाँको ६ हजार ४ सय १८ किलो चिउरा निर्यात भएको छ।