यी हुन् नेकपा एमालेको खुला केन्द्रीय सदस्यमा निर्वाचित ७२ नेता, हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-04-28
  • 13:23:51
  • मंगलबार,बैशाख १५, २०८३
  • यी हुन् नेकपा एमालेको खुला केन्द्रीय सदस्यमा निर्वाचित ७२ नेता, हेर्नुहोस् सूची

    यी हुन् नेकपा एमालेको खुला केन्द्रीय सदस्यमा निर्वाचित ७२ नेता, हेर्नुहोस् सूची

    काठमाडौँ– नेकपा (एमाले)को ११औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

    आज (बिहीबार) सम्पन्न महाधिवेशनमा ७२ जना खुला केन्द्रीय सदस्य पदका लागि १६७ जनाले उम्मेदवारी दिएका थिए।

    सार्वजनिक मतपरिणाम अनुसार प्रदीप ज्ञवालीले सर्वाधिक १९४२ मत ल्याएर पहिलो स्थान हासिल गरेका छन् भने सुहाङ नेम्वाङ १७२१ मतसहित दोस्रो र कृष्णभक्त पोखरेल १६९८ मतसहित तेस्रो भएका छन्।

    ७२ सदस्यीय खुला केन्द्रीय कमिटीमा १०२६ मत ल्याएर कर्ण बहादुर थापा अन्तिम (७२औँ)नम्बरमा निर्वाचित भएका छन्।