भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १२ करोड ७ लाख सङ्कलन - Chaitanya News
  • 2026-04-28
  • 14:59:17
  • मंगलबार,बैशाख १५, २०८३
  • भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १२ करोड ७ लाख सङ्कलन

    भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १२ करोड ७ लाख सङ्कलन

    काठमाडौँ– नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १२ करोड ७ लाख रुपैयाँ सङ्कलन भएको छ। हिजो (बुधबार)सम्म कोषमा ११ करोड ८७ लाख रुपैयाँ सङ्कलन भएको थियो।

    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत कार्यका लागि स्थापना भएको गरिएको कोषमा सहयोग आउने क्रम जारी रहेको छ।

    आज (बिहीबार) पनि दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीले कोषमा बिस लाख रुपैयाँ जम्मा गरेको छ। २० लाख जम्मा गरेसँगै कोषमा २ करोड ७ लाख रुपैयाँ सङ्कलन भएको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा बिस लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो

    कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सञ्जय जोशीले बिस लाख रुपैयाँ बराबरको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन्। अर्थमन्त्री रामेश्वर खनालले कम्पनीको योगदानका लागि धन्यवाद ज्ञापन समेत गरेका छन्।

    सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि सरकारले गत असोज ८ गते राष्ट्रिय वाणिज्य बैंकमा ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’को नाममा बैंक खाता खोलेर स्वैच्छिक रूपमा सहयोग गर्न सबैलाई आग्रह गरेको थियो।