एमाले ११औँ महाधिवेशनः मतदान सकियो - Chaitanya News
  • 2026-04-28
  • 16:24:22
  • मंगलबार,बैशाख १५, २०८३
  • एमाले ११औँ महाधिवेशनः मतदान सकियो

    एमाले ११औँ महाधिवेशनः मतदान सकियो

    काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ।

    कुल मतदाता २२ सय ६३ मतमध्ये २२ सय २७ मत खसेको छ। ३६ जना प्रतिनिधि मतदानमा अनुपस्थित भएका आयोगले जानकारी दिएको छ। मतदान बुधबार बिहान ९ः३० बजेदेखि मतदान सुरु भएको थियो।

    मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइएको थियो। मतगणना ८ बजेबाट सुरु हुने आयोगले जनाएको छ।