आज पनि बढ्यो सेयर बजार, कारोबार ४ अर्ब माथि - Chaitanya News
  • 2026-05-02
  • 02:00:31
  • शुक्रबार,बैशाख १८, २०८३
  • आज पनि बढ्यो सेयर बजार, कारोबार ४ अर्ब माथि

    आज पनि बढ्यो सेयर बजार, कारोबार ४ अर्ब माथि

    काठमाडौं–आज (बुधबार) सेयर बजार ५.७० अंकले बढेको छ। सो वृद्धिपछि नेप्से २६२५ अंकमा कायम भएको छ। अघिल्लो दिन ३ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५ करोडको भयो।

    १४३ कम्पनीको मूल्य बढ्दा १०४ को घट्यो भने ११ को स्थिर रह्यो। यस दिन फाइनान्स समूह सबैभन्दा धेरै १.७५ प्रतिशत बढ्यो। त्यस्तै बैंकिङ ०.३१, विकास बैंक ०.७१, हाइड्रोपावर ०.१३, लगानी ०.०४, जीवन बीमा ०.६६, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.०७ तथा अन्य समूह ०.०४ प्रतिशत बढे।

    व्यापार ०.२७, निर्जीवन बीमा ०.३६, होटल तथा पर्यटन ०.३७ प्रतिशत घटे।

    दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल छन्। नारायणी डेभलपमेन्ट बैंकको ८.७७, चिरख्वा हाइड्रोपावरको ५.३३ तथा माइखोला हाइड्रोपावरको ४.३३ प्रतिशत मूल्य बढ्यो।

    बाराही हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो। अपर स्याङ्गे हाइड्रोपावरको मूल्य ३.२१ प्रतिशत घट्यो।

    आज धेरै कारोबार भएका पाँच कम्पनीमा युनियन हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स र राधि विद्युत् छन्।