मधेस प्रदेशमा लामो समयदेखि रिक्त रहेको सभामुख चयन प्रक्रिया अघि बढ्यो, ६ गते निर्वाचन - Chaitanya News
  • 2026-05-07
  • 20:29:17
  • बिहिबार,बैशाख २४, २०८३
  • मधेस प्रदेशमा लामो समयदेखि रिक्त रहेको सभामुख चयन प्रक्रिया अघि बढ्यो, ६ गते निर्वाचन

    मधेस प्रदेशमा लामो समयदेखि रिक्त रहेको सभामुख चयन प्रक्रिया अघि बढ्यो, ६ गते निर्वाचन

    जनकपुरधाम– मधेस प्रदेशमा लामो समयदेखि रिक्त रहेको सभामुख पदका लागि पुस ६ गते निर्वाचन हुने भएको छ।

    पुस ६ गते बस्ने प्रदेशसभा बैठकमार्फत निर्वाचन प्रक्रियाबाट सभामुख चयन गरिने उपसभामुख बबिता राउतले जानकारी दिएकी छन्।

    उनका अनुसार सभामुख चयनका लागि आवश्यक निर्वाचनसम्बन्धी प्रक्रिया सूचना प्रकाशित गरी सार्वजनिक गर्न प्रदेशसभा सचिवालयलाई निर्देशन दिइएको छ।

    यसअघि बुधबार नै सभामुख चयन प्रक्रिया अघि बढाइने भनिए पनि नेकपा ९एमाले० को ११ औँ महाधिवेशनका कारण प्रक्रिया स्थगित गरिएको थियो। एमालेका प्रदेशसभा सदस्यहरू महाधिवेशनमा व्यस्त रहेकाले सभामुख चयन प्रक्रिया केही समयका लागि पछाडि धकेलिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

    अब पुस ६ गतेको बैठकबाट मधेस प्रदेशसभाले नयाँ सभामुख पाउने अपेक्षा गरिएको छ।