हुम्ला–काठमाडौं बस सेवा सुरु - Chaitanya News
  • 2026-05-02
  • 02:00:31
  • शुक्रबार,बैशाख १८, २०८३
  • हुम्ला–काठमाडौं बस सेवा सुरु

    हुम्ला–काठमाडौं बस सेवा सुरु

    हुम्ला– हुम्लादेखि काठमाडौंसम्म आज (बुधबार)देखि पहिलो पटक बस सेवा सुरु भएको छ।

    हुम्ला हिल्सा यातायात प्रालिका सञ्चालक विशाल रोकायाका अनुसार हुम्ला‐सुर्खेत, हुम्ला‐नेपालगञ्ज, हुम्लादेखि काठमाडौंसम्म नियमित बस सेवा सुरु भएको हो।

    हुम्लादेखि सुर्खेतसम्म ५ हजार, हुम्लादेखि नेपालगञ्जसम्म ५ हजार, हुम्लादेखि काठमडौंसम्म ६ हजार ५ सय रुपैयाँ भाडा दर रहेको उनले बताए।

    हिल्सा यातायातले हुम्लाबाट काठमाडौं र मुगुबाट काठमाडौंसम्म पनि बस सेवा सुरु गरिएको सो प्रालिले जनाएको छ।