दोहोरो अंकले बढ्यो सेयर बजार - Chaitanya News
  • 2026-05-02
  • 02:00:47
  • शुक्रबार,बैशाख १८, २०८३
  • दोहोरो अंकले बढ्यो सेयर बजार

    दोहोरो अंकले बढ्यो सेयर बजार

    काठमाडौँ– साताको तेस्रो दिन आज (मंगलबार) सेयर बजार परिसूचक १८.३७ अंकले बढेको छ । यसअघि मंसिर १२ गते सेयर बजार दोहोरो अंकले बढेको थियो, भने आज पनि लामो समयपछि सेयर बजार परिसूचक दोहोरो अंकले बढेको हो।

    आजको वृद्धिसँगै परिसूचक २६१९.९९ अंकमा पुगेको छ। बजारमा आज ३ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    बजारमा आज २५९ कम्पनीको सेयर कारोबार भएकोमा १८७ कम्पनीको मूल्य बढेको छ। ६१ कम्पनीको मूल्य घट्दा ११ कम्पनीको मूल्य स्थिर रहेको छ।

    आज बजारमा समूहगत परिसूचकमध्ये ट्रेडिङ क्षेत्र बाहेक सबै बढेका छन्। सबैभन्दा धेरै वृद्धि विकास बैंकको १.५६ प्रतिशत, होटेल तथा टुरिजम १.४९ प्रतिशत तथा अन्य समूहको १.१५ प्रशितले बढ्दा बाँकी समूहका सूचक एक प्रतिशत भन्दा कमले मात्रै बढेको देखिन्छ।

    बजारमा आज स्वस्तिक लघुवित्त, नारायणी विकास बैंक र एसवाई प्यानलको शेयरमा सकारात्मक सर्किट लागेको छ। स्वेचगंगा हाइड्रोको मूल्य सबैभन्दा धेरै ४.१६ प्रतिशतले घटेको छ।

    बजारमा आज ङादी पावर कम्पनीको १९ करोड र लुम्बिनी विकास बैंकको १० करोड रुपैयाँको कारोबार बाहेक अन्य कम्पनीको उल्लेख्य कारोबार भएनन्।