कात्तिकसम्म शोधनान्तर स्थिति ३ खर्बले बचतमा - Chaitanya News
  • 2025-12-16
  • 09:36:40
  • मंगलबार,मंसिर ३०, २०८२
  • कात्तिकसम्म शोधनान्तर स्थिति ३ खर्बले बचतमा

    कात्तिकसम्म शोधनान्तर स्थिति ३ खर्बले बचतमा

    काठमाडौं– नेपाल राष्ट्र बैंकले पछिल्लो चार महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ। जसअनुसार चालु आर्थिक वर्ष कात्तिकसम्म शोधनान्तर स्थिति ३ खर्ब १८ अर्ब ४० करोडले बचतमा छ।

    निर्यात तथा रेमिट्यान्स आप्रवाहमा आएको सुधारले शोधनान्तर स्थितिमा झनै सुधार आएको हो।

    चालु आव कात्तिकमा रेमिट्यान्स आप्रवाह ३१ प्रतिशतले बढेको छ भने निर्यात ७७ प्रतिशतले बढेको छ। गत आव कात्तिकसम्म शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा थियो।

    अमेरिकी डलरमा गत आव कात्तिकमा १ अर्ब ५३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आव २ अर्ब २६ करोडले बचतमा छ।