एमाले महाधिवेशनः आज उम्मेदवारी दर्ता, आजै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक - Chaitanya News
  • 2026-04-28
  • 18:10:52
  • मंगलबार,बैशाख १५, २०८३
  • एमाले महाधिवेशनः आज उम्मेदवारी दर्ता, आजै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

    एमाले महाधिवेशनः आज उम्मेदवारी दर्ता, आजै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

    काठमाडौँ– राजधानिको भृकुटीमण्डपमा हिजो (आइतवार)देखि जारी नेकपा एमालेको जारी ११औँ महाधिवेशनअन्तर्गत आज नेतृत्वका लागि उम्मेदवारी दर्ता गरिँदै छ।

    दोस्रो दिनको बन्द सत्र अहिले बिहान ८ बजे सुरु गरिने बताइएको छ। निर्वाचन तालिकाअनुसार प्रकाशित मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी विरोधका लागि समय तोकिएको छ।

    निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर मंगलबार मतदान गर्ने तयारी छ।

    आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार मतदाता नामावलीमा परेको दाबी विरोधको छानबिन बिहान १० बजेसम्म सक्ने योजना छ भने १०।१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।।

    आयोगले बिहान ९ बजे देखि १२ बजेसम्म नै उम्मेदवारीको फारम वितरण गर्दै छ। उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन दिउसो २.३० बजे हुनेछ। उम्मेदवारका विरुद्ध उजुरी दिने समय दिउँसो २.३० बजेदेखि आधा घण्टा राखिएको छ।

    उम्मेदवारविरुद्धको छानबिन १० मिनेटमै सक्ने आयोगले जनाएको छ। उजुरीमाथि जाँचबुझ लगायतका प्रक्रिया पूरा गरेपछि आज साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ । एमाले महाधिवेशनमा २२६२ जना प्रतिनिधि सहभागी छन्।