उपमेयर डंगोल र स्वीट्जरल्यान्डकी राजदूत एलिजावेथ भोन क्याप्लरबिच भेट - Chaitanya News
  • 2026-05-08
  • 09:25:19
  • शुक्रबार,बैशाख २५, २०८३
  • उपमेयर डंगोल र स्वीट्जरल्यान्डकी राजदूत एलिजावेथ भोन क्याप्लरबिच भेट

    उपमेयर डंगोल र स्वीट्जरल्यान्डकी राजदूत एलिजावेथ भोन क्याप्लरबिच भेट

    काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलसँग नेपालका लागि स्वीट्जरल्यान्डकी राजदूत एलिजावेथ भोन क्याप्लरले शिष्टाचार भेट गरेकी छन्। भेटका लागि उनी आज उपमेयरको कार्यकक्षमा पुगेकी हुन्।

    भेटमा राजदूत क्याप्लरले सहरको फोहोर व्यवस्थापन, सहरी विकासका पूर्वाधार, परम्परागत भवन निर्माणलगायत विषयमा जिज्ञासा राखेकी थिइन्।

    उपमेयर डंगोलले भित्री सहरी क्षेत्रका परम्परागत भवन निर्माण गर्न घरधनीलाई सहुलियत दिने गरिएको, महिला हिंसा न्यूनीकरणका लागि वडास्तरीय महिला सेल गठन गरिएको, न्यायिक समितिमा उजुरी आउनुअघि वडास्तरीय मेलमिलाप कक्षमा छलफल गराउने प्रयास गरिएको, फोहोर व्यवस्थापनका लागि विभिन्न अवधारणा अघि सारिएको र तीमध्ये उपयुक्त विधिको छनोट गर्ने योजना रहेको बताइन्।