सुनको भाउ हालसम्मकै महँगो - Chaitanya News
  • 2026-09-06
  • 19:08:41
  • आइतबार,भाद्र २१, २०८३
  • काठमाडौँ– आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ।

    २ हजार २ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    अघिल्लो दिन शुक्रबार भने प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, चाँदीको मूल्य भने घटेको छ। प्रतितोला ८० रुपैयाँले घटेर आज प्रतितोला ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।