नागरिकता विवादको टुङ्गो नलगाई रवि लामिछानेलाई गृहमन्त्री बनाउनु गलत : धर्मेन्द्र बास्तोला - Chaitanya News
  • 2026-05-08
  • 09:25:59
  • शुक्रबार,बैशाख २५, २०८३
  • नागरिकता विवादको टुङ्गो नलगाई रवि लामिछानेलाई गृहमन्त्री बनाउनु गलत : धर्मेन्द्र बास्तोला

    नागरिकता विवादको टुङ्गो नलगाई रवि लामिछानेलाई गृहमन्त्री बनाउनु गलत : धर्मेन्द्र बास्तोला

    काठमाडौं– नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले नवनियुक्त गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादको टुङ्गो नलगाई गृहमन्त्री बनाउनु गलत भएको बताएका छन्। उनले अदालतले अन्तिम टुङ्गो नलगाएसम्म लामिछाने विदेशी नागरिक भएको समेत दाबी गरे।

    मंगलबार संवाद डबलीमा आयोजित पार्टी निकट अखिल नेपाल जनसांस्कृति महासंघको विशेष राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बास्तोलाले भने, ‘जो विदेशी नागरिक गृहमन्त्री हुन्छ, अदालतमा मुद्दा हुँदाहुँदै जो गृहमन्त्री भयो, यही व्यवस्थामा पनि अदालतको फैसला नभएसम्म त्यो गर्न पाइँदैन। यसले के देखाउँछ भने यहाँ कुनै नैतिकता छैन। विदेशी नागरिकलाई नेपालको गृहमन्त्री बनाउन भनेको नेपाल र नेपालीमाथि गम्भीर घात हो।’ उनले अदालतको फैसला आएपछि मन्त्री बनाइनु स्वाभाविक भए पनि सत्ताको लागि अन्य नेताहरूले गल्ती गरेको बताए।

    त्यसै गरी गृहमन्त्री लामिछानेले सत्तामा पुग्न भ्रष्टाचार निवारण आयोगको कुरा उठाएको बताउँदै बास्तोलाले त्यस्तो आयोगको पहिला छानबिनमा उनी आफै पर्ने दाबी गरे। उनले आफूसँग नाम जोडिएर मृत्यु भएका सालिकराम पुडासैनीलाई न्याय दिन सक्नु र अदालतको फैसलाले निर्दोष साबित भएर काम गर्न रविलाई शुभकामना समेत बास्तोलाले दिए।