गृहमन्त्री लामिछानेको पहिलो एक्सेन : कार्यविधि विपरित भिआइपिको सुरक्षामा तैनाथ सुरक्षाकर्मी फिर्ता - Chaitanya News
  • 2026-04-26
  • 04:19:01
  • शनिबार,बैशाख १२, २०८३
  • गृहमन्त्री लामिछानेको पहिलो एक्सेन : कार्यविधि विपरित भिआइपिको सुरक्षामा तैनाथ सुरक्षाकर्मी फिर्ता

    गृहमन्त्री लामिछानेको पहिलो एक्सेन : कार्यविधि विपरित भिआइपिको सुरक्षामा तैनाथ सुरक्षाकर्मी फिर्ता

    काठमाडौ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको पदभार सम्हालेपछि व्यक्तिगत सुरक्षा कार्यविधि कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

    मन्त्रालयले विज्ञप्ति जारी गर्दै कार्यविधि विपरित विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षकर्मीलाई फिर्ता हुन निर्देशन दिइएको छ। ४८ घण्टाभित्र नियम विपरित राखिएका सुरक्षाकर्मी फिर्ता गर्न भनिएको छ।

    कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरित सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरि सकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरदिनुहुन सबैमा अनुरोध छ,ु विज्ञप्तिमा भनिएको छ।

    कार्यविधि अनुसार सरकारका पूर्व कर्मचारी सुरक्षाकर्मीले उक्त सुविधा पाउने उल्लेख छ। पूर्व र बहाल दुबैको हकमा कार्यविधि विपरित सुरक्षाका लागि खटिएका सुरक्षकर्मी फिर्ता गर्न सरकारले निर्देशन दिएको हो।

    राजनीतिक दलका नेता, संवैधानिक अंगका प्रमुख एवम् पदाधिकारी, पूर्व प्रहरी प्रहरी, प्रहरी अधिकारी लगायतले कार्यविधि विपरित सुरक्षाकर्मी राखिरहेका छन्। गृहले पटकपटक त्यसरी खटिएका प्रहरीलाई फिर्ता हुन निर्देशन दिँदै आएको छ। तर, सो कार्यविधि पूर्ण पालना भने भएको छैन।