हिमपातले अमेरिकामा मच्चायो विनाश, ६० जनाको मृत्यु - Chaitanya News
  • 2026-06-04
  • 18:26:48
  • बिहिबार,जेठ २१, २०८३
  • हिमपातले अमेरिकामा मच्चायो विनाश, ६० जनाको मृत्यु

    हिमपातले अमेरिकामा मच्चायो विनाश, ६० जनाको मृत्यु

    काठमाडौं– हिमपातले उत्तरी अमेरिकामा ठूलो क्षति पु¥याएको छ। आँधीका कारण हालसम्म कम्तीमा ६० जनाको मृत्यु भइसकेको छ।यस आँधीको प्रभाव दक्षिण टेक्सास प्रान्तदेखि क्यानडासम्म देखिएको छ। तर सबैभन्दा ठूलो असर न्युयोर्क राज्यको बफेलो सहरमा परेको छ, जहाँ यसका कारण धेरै मानिसको मृत्यु भएको छ।

    केही व्यक्ति ४८ घण्टाभन्दा बढी समयदेखि सवारी साधनमा फसेको स्थानीय अधिकारीहरूले बताएका छन्।यसैबीच न्युयोर्क प्रान्तका धेरै क्षेत्रमा नौ इन्चसम्म हिउँ पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

    यस प्राकृतिक प्रकोपलाई ध्यानमा राख्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले न्युयोर्कमा सङ्घीय सहायता प्राप्त गर्नका लागि आपतकाल घोषणा गर्न स्वीकृत गरेका छन्।

    एरी काउन्टी अफिसर मार्क पोलोनकार्जले भने, ‘हामी सुरुङको अन्त्यमा प्रकाश देख्न सक्छौँ। तर यो अझै अन्त्य होइन। यो थुप्रै पीढिमा एकपटक आउने आँधी हो।’