1. तलका भनाईहरु विचार गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
क) नेपालमा सबैभन्दा बढी अलैँची खेति हुने जिल्ला ताप्लेजुङ हो ।
ख) बराबर क्षेत्रफल भएका गाउँपालिकाहरु ओखलढुंगा चम्पादेवी र चिशंखुगढी गाउँपालिका हुन् ।
ग) शान्ति कुण्ड कास्की जिल्लामा पर्दछ ।
घ) चक्राकार नदी भनेर चिनिने नदी कालीगण्डकी हो ।
A. क र ख मात्र ठिक B. ख र ग मात्र ठिक
C. क र घ मात्र ठिक D. माथिका सबै ठिक
2. गुप्तेश्वर गुफा पर्वत जिल्लामा पर्दछ भने विचित्र गुफा कुन जिल्लामा अवस्थित छ ?
A. गोरखा B. खोटाङ C. पाल्पा D. गुल्मी
3. मेकङ नदी कुन महादेशमा पर्दछ ?
A. एशिया B. युरोप C. उत्तर अमेरिका D. अष्ट्रेलिया
4. अमेरिका स्वतन्त्रता सङग्रामसँग सम्बन्धित भनाईहरुमा कुन गलत छ ?
A. स्वतन्त्रताको घोषणा पत्र सन् १७७६ जुलाई ४ मा तयार पारिएको थियो ।
B. नारा :life, liberty and pursuit of happiness
C. घोषणा पत्र जर्ज वासिङटनले तयार पारेका थिए ।
D. नेतृत्व जर्ज वासिङटनले गरेका थिए ।
5. मल्लकालिन पद तथा निकायहरु बिच कुन जोडा गलत छ ?
A. सेनाध्यक्ष – राज्यको सुरक्षा हेर्ने B. उभय – सैनिक अधिकारी
C. स्थानीय शासक – प्रशासकीय कर्मचारी D. चौतारा – प्रधानमन्त्री
6. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
अड्डा स्थापना गर्ने व्यक्ति
a. कुमारी चोक 1. चन्द्रशमशेर
b. गोश्वारा अड्डा 2. रणोद्दिप सिंह
c. तेजारनाथ 3. वीरशमशेर
d. खड्ग निशान अड्डा 4. पृथ्वीनारायण शाह
A) a1,b2,c4,d3 B) a4,b3,c2,d1
C) a4,b3,c1,d2 D) a4,b1,c2,d3
7. प्रसिद्ध पर्यटकीय स्थल सैनामैना रुपन्देहीमा पर्दछ भने मैनामैनी कुन जिल्लामा पर्दछ ?
A. धादिङ B. उदयपुर C. भोजपुर D. चितवन
8. धिमाल भाषाको पहिलो चलचित्र कुन हो ?
A. जितभुज B. खाङग्री C. शिलु D. उर्नी
9. तलका देशहरुको बारेमा विचार गर्नुहोस् । र जोडा मिलाउनुहोस् ।
देश महादेश
a. टिमोर लिस्टे 1. यूरोप
b. बारबाडोस 2. अफ्रिका
c. कोमोरस 3. एशिया
d. साईप्रस 4. उत्तर अमेरिका
A) a3,b4,c2,d1 B) a4,b3,c1,d2
C) a3,b4,c1,d2 D) a3,b2,c1,d4
10. नेपालको जनगणना २०७८ का सम्बन्धमा तलका कथनहरु बारे विचार गर्नुहोस् ।
१) यो जनगणना २०७८ कातिक २५ देखि मंसिर ९ गते सम्म सञ्चालन भएको थियो ।
२) जनगणनाको अन्तिम नतिजा २०७९ चैत्र १० गते भएको थियो ।
३) सबैभन्दा कम साक्षरता भएका जिल्लाहरु क्रमशः रौतहट, महोत्तरी, सर्लाही, हुम्ला र बारा हुन् ।
४) नगरपालिकाको जनसंख्या ६६.१७ प्रतिशत रहेको छ ।
A. १,२ र ३ मात्र ठिक B. ३ र ४ मात्र ठिक
C. १ र ४ मात्र ठिक D. माथिका सबै ठिक
11. निम्न मध्ये कुन संविधान लागु भएको थिएन् ?
A. नेपाल सरकार वैधानिक कानून, २००४ B. नेपालको अन्तरिम शासन विद्यान, २००७
C. नेपाल अधिराज्यको संविधान, २०१५ D. नेपालको संविधान, २०१९
12. विख्यात वैज्ञानिक स्टिफिन हकिङका सम्बन्धमा तलका कथनहरु विचार गर्नुहोस् ।
१. उनको जन्म सन् १९४२ जनवरी ८ मा इङ्गल्याण्डमा भएको थियो ।
२. हकिङको निधन सन् २०१८ मार्च १४ मा भएको थियो ।
३. A Brief History of Time / The Universe is a Nutshell उनका चर्चित पुस्तक हुन् ।
४. उनले ब्ल्याक होल,ग्राभिटेसनल वेभ्स,क्वान्टम मेकानिक्स तथा जनरल रिलेटिभिटीमा अनुसन्धान गरेका थिए ।
A. १ र २ मात्र ठीक B. ३ र ४ मात्र ठीक c. २ र ३ मात्र ठीक d. सबै ठीक
13. रामसार महासन्धिले सन् २००८ मा सूचीकृत गरेको नेपालको सिसार क्षेत्र कुन हो ?
A. कोशी टप्पु वन्यजन्तु आरक्षण B. जगदिशपुर ताल
C. माईपोखरी D. बीस हजारी ताल
14. स्थापनाका आधारमा तल दिइएका संस्थाहरुको कुन क्रम सहि छ ?
A. UNO, ILO, अन्तर्राष्ट्रिय न्यायलय, WHO B) ILO, अन्तर्राष्ट्रिय न्यायलय, UNO, WHO
C) ILO, UNO, WHO, अन्तर्राष्ट्रिय न्यायलय D) ILO, UNO, अन्तर्राष्ट्रिय न्यायलय, WHO
15. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
आविष्कार आविष्कारक
a. न्युट्रोन 1. साईमन लेक
b. नाईलन 2. जेम्स चाडविक
c. पनडुब्बी 3. जे. ब्लेनचार्ड
d. प्यारासुट 4. डब्लु .एच.केराथर्स
A) a2,b4,c1,d3 B)a1,b2,c3,d4
C) a2,b3,c1,d4 D) a4,b2,c1,d3
16. एक दिन मात्र सञ्चालन भएको सार्क शिखर सम्मेलन कुन हो ?
A. तेस्रो B. एघारौ C. छैटो D. अठारौं
17. नेपालमा वैदेशशिक सहयोग गर्ने पहिलो राष्ट्र कुन हो ?
A. अमेरिका B. जापान C. भारत D. चीन
18. हाल सम्म सार्क शिखर सम्मेलन आयोजना नगरेको राष्ट्र कुन हो ?
A. भुटान B. माल्दिभ्स C. अफगानिस्तान D. पाकिस्तान
19. निम्न कथनहरुमा बारेमा विचार गर्नुहोस् ।
१. नेपाल र तिब्बत बीच केरुङ सन्धी सन् १७८९ मा भएको थियो ।
२. नेपाल र चीन बीच वेत्रावत्ती सन्धी सन् १७९२ मा भएको थियो ।
३. नेपाल र तिब्बत बीच थापाथली सन्धी सन् १८१६ मा भएको थियो ।
A. १ र २ मात्र ठीक B. २ मात्र ठीक C. १ र ३ मात्र ठीक D. २ र ३ मात्र ठीक
20. सन् २०२५ को कोपा अमेरिका महिला च्याम्पियनसिप कुन देशले जित्यो ?
A. भारत B. पाकिस्तान C. अमेरिका D. ब्राजिल
1. D 11. A
2. D 12. D
3. A 13. C
4. C 14. D
5. C 15. A
6. B 16. C
7. B 17. A
8. D 18. C
9. A 19. A
10. D 20. D
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100