समानुपातिक चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन - Chaitanya News
  • 2026-10-14
  • 13:44:20
  • बुधबार,आश्विन २८, २०८३
  • समानुपातिक चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन

    समानुपातिक चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन

    काठमाडौं– २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दल दर्ताको निवेदन दिएका छन्। निवेदन दिने समय आजसम्म छ।

    निर्वाचनमा समानुपातिक तर्फ निर्वाचन लड्न चाहने दलले यही मंसिर २१ गतेदेखि आजसम्म दल दर्ताको निवेदन दिनुपर्ने कार्यतालिका छ ।

    कार्यतालिका अनुसार पहिलो दिन ३३ दल र दोस्रो दिन ३४ दलले निवेदन दिएका छन्। आज कति दल थपिन्छन् उनीहरूले २१ फागुनको निर्वाचनमा समानुपतिकतर्फ निर्वाचन लड्न पाउनेछन्।

    प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गर्ने  निर्वाचन आयोगको कार्यतालिका छ।

    आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेद्वारको बन्दसूची पेश गर्ने समय छ।

    प्रारम्भिक सूची माघ ४ गते प्रकाशित गर्ने तालिका छ। प्रारम्भिक सूची उपर दाबी विरोध र उजुरीको छानविन गरी माघ २० गते बन्द सूचीको अन्तिम प्रकाशन हुनेछ।

    प्रतिनिधिसभाका २७५ सदस्यको चयन प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ। प्रतिनिधि सभामा १६५ सदस्यको प्रत्यक्ष र बाँकी ११० सदस्यको चयन एक समानुपातिक प्रतिनिधित्वद्वारा गरिने व्यवस्था छ।

    प्रत्यक्षतर्फको भने आगामी माघ ६ गते उम्मेद्वारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ।