काठमाडौँ– मधेश प्रदेशमा तत्कालीन क्याबिनेटका सबै निर्णय बदर गरिएको छ । आज (आइतबार) आज बसेको मधेश सरकारको मन्त्रिपरिषद् बैठकले यसअघिको सरकारले गरेका सबै निर्णयहरू बदर गरेको हो ।
गत कात्तिक २३ गतेदेखि मंसिर १७ गतेसम्मका तत्कालीन क्याबिनेटबाट भएको सम्पूर्ण निर्णयहरू बदर गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव रोहित कुमार कोइरालाले जानकारी दिए।
संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा गत कात्तिक २३ गते राति मुख्यमन्त्री नियुक्त भएका सरोज कुमार यादवले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेका थिए।