गृहमन्त्री बन्न श्रेष्ठ र लामिछाबिच प्रतिस्पर्धा - Chaitanya News
  • 2026-05-08
  • 09:25:59
  • शुक्रबार,बैशाख २५, २०८३
  • गृहमन्त्री बन्न श्रेष्ठ र लामिछाबिच प्रतिस्पर्धा

    गृहमन्त्री बन्न श्रेष्ठ र लामिछाबिच प्रतिस्पर्धा

    काठमाडौं– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने उपप्रधानमन्त्री बन्ने पक्का भएको छ। तर यी दुईको गृहमन्त्री बन्नेमा प्रतिस्पर्धा देखिएको छ।

    माओवादी श्रेष्ठलाई गृहमन्त्री बनाउन चाहन्छ। तर, रास्वपाका सभापति लामिछानेले पनि गृहमन्त्रीमा दावी गरेका छन्। सहमति नभएको अवस्थामा यी दुईले आज उपप्रधानमन्त्रीको रूपमा मात्रै शपथ खाने र मन्त्रालयको भागबण्डा पछि मिलाइने सम्भावना उच्च छ। लामिछानेलाई गृहमन्त्री बनाइने अवस्था आएमा श्रेष्ठलाई परराष्ट्र मन्त्री बनाइन सक्ने स्रोतले बतायो।

    नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै सानो आकारमा मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्। शउनीसँगै आज कति जना मन्त्रीले शपथ ग्रहण गर्छन् भन्ने पक्का भइसकेको छैन।