‘कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन’ : गभर्नर पौडेल - Chaitanya News
  • 2026-09-06
  • 06:13:06
  • आइतबार,भाद्र २१, २०८३
  • ‘कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन’ : गभर्नर पौडेल

    ‘कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन’ : गभर्नर पौडेल

    काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा.विश्वनाथ पौडेलले अर्काको कोल्याटर बेचेर आफूलाई फाइदा हुने काम गर्नु भनेको ‘पार्ट अफ करप्सन’ रहेकाले यसलाई राष्ट्र बैंकले क्षम्यको रूपमा नलिने बताएका छन्।

    आज (आइतबार) नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उस्तै गभर्नर पौडेलले यस्तो गतिविधिलाई कठोर रूपमा लिने समेत बताए।

    ‘सरकारी बैंकहरुबाट यो मिलाइदिन्छु भनेर पैसा माग्यो भने सरकारले रिस्क लिन्छ। तर निजी बैंकहरुबाट त्यस्तो भएमा हामी गम्भीर रूपमा लिनेछौँ’, गभर्नर पौडेलले भने, ‘कुनै पनि व्यक्तिले जबरजस्ती अर्काको कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु पार्ट अफ करप्सन हो। यसलाई नेपाल राष्ट्र बैंकले क्षम्य रूपमा लिँदैन।’

    त्यस्तै, गभर्नर पौडेलले आर्थिक गतिविधि चलायमान बनाउनका लागि राष्ट्र बैंकले विभिन्न नीति परिमार्जन गरेको बताए।

    बैंकहरुको हकमा हामीले राम्रो नाफा र लगानी गरेर डिजिटल कारोबारमा ध्यान दिँदै अर्थतन्त्रको गतिमा सहयोग पुगोस् भनेर नै नेपाल राष्ट्र बैंकले काम गरिरहेको गभर्नर पौडेलले बताए। बैंक तथा वित्तीय संस्थाहरूमा थुप्रिएको पैसा लगानी गर्नका लागि नेपाल राष्ट्र बैंक केन्द्रित रहेको उनले बताए।

    श्रीलंका अप्ठ्यारो अवस्थामा पुगेर पनि सुधारको गति समातेकाले नेपालले पनि गति समात्नेमा गभर्नर आश्वासन दिए। उनले राम्रो काममा केन्द्रित हुनुपर्ने बताए।