मधेशमा ३ मन्त्री नियुक्त, अर्थ मन्त्रालय जनमतको भागमा - Chaitanya News
  • 2026-06-24
  • 00:40:09
  • मंगलबार,आषाढ ०९, २०८३
  • मधेशमा ३ मन्त्री नियुक्त, अर्थ मन्त्रालय जनमतको भागमा

    मधेशमा ३ मन्त्री नियुक्त, अर्थ मन्त्रालय जनमतको भागमा

    जनकपुरधाम– मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले तीनजना मन्त्री नियुक्त गरेका छन्।

    मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका जंगीलाल राय, जनमतका महेश प्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिस पटेललाई मन्त्री नियुक्त गरेका हुन्।

    जनमतका महेश प्रसाद यादवले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्।

    कांग्रेसका जंगीलाल राय र नेकपा एकीकृत समाजवादीका कनिस पटेलको मन्त्रालय भने तोकिएको छैन।

    नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको सपथ गराएका छन्।