समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु हुँदै - Chaitanya News
  • 2026-04-28
  • 22:45:38
  • मंगलबार,बैशाख १५, २०८३
  • समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु हुँदै

    समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु हुँदै

    काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम आजदेखि सुरु हुँदैछ।

    निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्ने निर्वाचन आयोगले जनाएको छ। बिहान १० बजेदेखि २३ मंसिर दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेश गर्नु पर्नेछ।

    निवेदन पेश गरेका राजनीतिक दलहरूको नामावली प्रकाशन २४ मंसिर बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ। १३ र १४ पुस बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म राजनीतिक दलहरूले उम्मेदवारको बन्द सूची पेश गर्नेछन्। २० माघ बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्द सूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ।

    स्वीकृत निर्वाचन कार्यक्रम अनुसार २१ फागुन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।