उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल बने - Chaitanya News
  • 2026-05-08
  • 09:25:43
  • शुक्रबार,बैशाख २५, २०८३
  • उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल बने

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल बने

    काठमाडौं– नेकपा एमाले पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। पौडेल उपप्रधान तथा अर्थमन्त्रीका रूपमा सरकारमा सहभागी हुने भएका छन्।

    माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन हुने सरकारमा मन्त्रालय बाँडफाँडका लागि सत्ता गठबन्धनको बैठक चलिरहेको छ। बैठकले एमालेलाई अर्थ मन्त्रालय दिने टुङ्गो लगाएको हो। यस्तै दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री बनाउने एमालेको तयारी छ। उनीहरूको सम्भवतः आजै शपथ ग्रहण हुनेछ।

    केही बेरपछि नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिँदैछन्। राष्ट्रपति कार्यालय शितल निवासमा हुने शपथ कार्यक्रममा सत्ता गठबन्धनबाट सिफारिसमा परेका अन्य उपप्रधानमन्त्री तथा मन्त्रीहरूले शपथ दिने जनाइएको छ।