सुदूरपश्चिम सरकारले कैलालीमा ५ सडक र २ पुल निर्माण गर्दै - Chaitanya News
  • 2026-04-28
  • 22:35:27
  • मंगलबार,बैशाख १५, २०८३
  • सुदूरपश्चिम सरकारले कैलालीमा ५ सडक र २ पुल निर्माण गर्दै

    सुदूरपश्चिम सरकारले कैलालीमा ५ सडक र २ पुल निर्माण गर्दै

    धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पाँचवटा सडक निर्माण कार्यको शुभारम्भ तथा दुईवटा पुल निर्माणको शिलान्यास गरे। मुख्यमन्त्री शाहले बिहीबार निर्माण कार्यको शुभारम्भ गरेका उक्त पाँच वटै सडक कैलालीका हुन्।

    जसमा लम्कीचुहा नगरपालिका–१ र मोहन्याल गाउँपालिका–७ मा पर्ने लम्की खानेपानीदेखि राजकाँडा सम्म सडक, लम्कीचुहा रिङरोड (अमौरा–थापापुर–चौरि–चाकावाडी हुँदै सेती लोकमार्ग), लम्कीचुहा, जानकी र टीकापुर नगरपालिका जोड्ने डुँडेझारी–टीकापुर सडकको निर्माण कार्य शुभारम्भ गरिएको हो।

    यस्तै महेन्द्र राजमार्ग–इन्टेक हाइड्रो–कटासे–खैरिफाँटा–जगतपुर हुँदै टीकापुर जोड्ने रणनीतिक मार्ग (केशर मार्ग), मोहन्याल गाउँपालिका–७ को चिसापानी–सोल्टा सडकको रिवन काटी निर्माण कार्यको प्रारम्भ गरिएको जनाइएको हो।

    बिहीबार नै जिल्लाको मोहन्याल गाउँपालिका – ७ मा पर्ने साघुरे खोला, बादेखोलामा निर्माण गरिने पुलको पनि मुख्यमन्त्री शाहले शिलान्यास गरे।

    सुदूरपश्चिम प्रदेश सरकारले सडक तथा पुल निर्माणका लागि को आर्थिक वर्ष २०८१–०८२ मा बजेट विनियोजन गरेको थियो। सरकारले ती योजनाका लागि (मू.अ.क. र पि.एस.सहित)बजेट विनियोजन गरेको हो।

    लम्की खानेपानी देखि राजकाँडासम्म सडक कालोपत्रेको लागत अनुमान रकम ६ करोड ६० लाख ९५ हजार ९ सय १४ रुपैयाँ ३० पैसा रहेको छ।

    यस्तै आयोजनाको सम्झौता रकम ४ करोड ५६ लाख ९३ हजार ४ सय ४० रुपैयाँ ६० पैसा रहेको छ। २०८२ असार १७ सम्झौता गरेको यो आयोजना २०८३ पुस २५ (१ वर्ष ६ महिना ९ दिन) भित्र सम्पन्न गर्नुपर्ने छ। २.६ कि.मि.सडकको लम्बाई रहेको सडक निर्माणको जिम्मा एस.सी.एस.एन.एस.एच.बि. जेभी, सुर्खेतले लिएको छ।

    यस्तै लम्कीचुहा रिङरोड .जानकी गाउँपालिकाकाको सिमाना अमोरा, थापापुर, चौरी, चाकाबाडी हुदै सेती लोक मार्ग सम्म) को लागत अनुमान रकम ५ करोड ७९ लाख ६४ हजार २ सय १४ रुपैयाँ ३२ पैसा रहेको छ भने ४ करोड ३९ लाख ६४ हजार ५ सय ३० रुपैयाँ ४४ पैसामा आयोजनाको सम्झौता गरिएको छ। २०८२ असार १७ गते सम्झौता मिति रहेको आयोजना आगामी वर्ष २०८३ को असार २५ मा आयोजना सम्पन्न गर्नुपर्ने छ। निर्माण व्यवसायी तुलसी–निराजन जेभी टीकापुर नगरपालिका–१, कैलालीले जिम्मा लिएको सडकको लम्बाई ः२–७ किमी रहेको छ। यस्तै डुंडेझारी टीकापुर सडक स्तरोन्नतिको लागत अनुमान रकम ९ करोड ८ लाख १८ हजार ५ सय ५ रुपैयाँ ०३ पैसा रहेको छ भने यो आयोजनाको सम्झौता रकम ६ करोड ९ लाख २० हजार ८ सय ७७ रुपैयाँ ३५ पैसा रहेको छ। २०८२ असार २५ मा सम्झौता भएको आयोजनाको सम्पन्न मिति २०८३ पुस –२४ (१ बर्ष ६ महिना) रहेको छ। केएनएस–अघि–श्रीपुर जे.भी.काठमाण्डौंले निर्माण जिम्मा पाएको सडकको लम्बाई ३.५ कि.मि. रहेको छ।

    केशरमार्ग महेन्द्र राजमार्ग ईन्टेक हाइड्रो, कटासे खैरिफाँटा जगतपुर टीकापुर जोड्ने जोडने रणनीतिक मार्ग को लागत अनुमान रकम ८ करोड २६ लाख ६२ हजार ३४ रुपैयाँ ३२ पैसा रहेकोमा सम्झौता रकम ५ करोड ६२ लाख ६६ हजार ४ सय ७८ रुपैयाँ ७५ पैसा रहेको छ।

    सम्झौता मिति २०८२÷०३÷१७ गते रहेको आयोजना २०८३ पुस २५ (१ वर्ष ६ महिना ९ दिन) मा सम्पन्न गर्नुपर्ने छ।

    एस.सी. एस.एन.एस.एच.बि. जेभी, सुर्खेत निर्माण कम्पनी रहेको सडकको लम्बाई २.७ कि.मि.रहेको छ।

    चिसापानी–सोल्टा सडक स्तरोन्नति लागत अनुमान रकम ९ करोड ९९ लाख १२ हजार ३ सय २३ रुपैयाँ ५६ पैसा रहेकोमा सम्झौता रकम ६ करोड ६ लाख ९९ हजार ८ सय ९५ रुपैयाँ ४८ पैसा रहेको छ।

    २०८२ पुस १७ मा सम्झौता मिति रहेको आयोजना सम्पन्न गर्नुपर्ने मिति २०८३ भदौ १६ (१ वर्ष ६ महिना) रहेको छ। निर्माण व्यवसायी हिमसगरमाथा कन्स्ट्रक्सन प्रा. ली. भरतपुर – १०, चितवनले जिम्मा पाएको सडकको लम्बाई २.४ कि. मि.रहेको छ।

    यस्तै साघुरे खोला सडक पुलको लागत अनुमान रकम १५ करोड ६७ लाख १५ हजार ६ सय ६२ रुपैयाँ ५८ पैसा रहेकोमा सम्झौता रकम ११ करोड २१ लाख ६७ हजार ८ सय ६८ रुपैयाँ १३ पैसा रहेको छ। सम्झौता मिति २०८२ पुस १७ रहेको आयोजना सम्पन्न गर्नुपर्ने मिति २०८४ असार १६ (२ वर्ष) निर्माण व्यवसायी ः हिमसगरमाथा कन्स्ट्रक्सन प्रा. ली.भरतपुर १०.चितवनले जिम्मा पाएको पुलको लम्बाई र स्पान विवरणः ५० मि.(२० स्पान) रहेको छ।

    त्यसैगरी वादेखोला सडकपुल डिजाईन तथा निर्माण अनुमान रकम १७ करोड ४६ लाख १४ हजार ४ सय २४ रुपैयाँ ८ पैसा रहेको छ। परियोजनाको सम्झौता रकम १२ करोड ६० लाख ८० हजार ३१ रुपैयाँ २५ पैसा रहेको छ।

    २०८२–असार १७ सझौता मिति रहेको परियोजना २०८४– असार –१६ (२ वर्ष) मा सम्पन्न गर्नुपर्ने छ। निर्माण व्यवसायी हिमसगरमाथा कन्स्ट्रक्सन प्रा। ली। भरतपुर – १० चितवनले जिम्मा लिएको छ। उक्त पुलको लम्वाई र स्पान विवरण १०० मि. (२ स्थान)रहेको छ।

    मुख्यमन्त्री शाहले निर्माणको थालनी भएका सडक, पुलको काम समयमै पुरा गर्न निर्माण कम्पनीसँग समन्वय गर्ने बताए।

    वर्षौँदेखिको सडक तथा पुल नहुँदा समस्यामा रहेका स्थानीयहरू काम सुरु भएपछि खुसी छन्।

    बिहीबार सडक निर्माण थालनी र पुलको शिलान्यास कार्यक्रममा मोहन्याल गाउँपालिका–सुगरखालका स्थानीयवासीले मुख्यमन्त्री शाहलाई बाजागाजा र फूलमालासहित भव्य स्वागत गरेका थिए।