बालुवाटारमा सर्वपक्षीय बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ? - Chaitanya News
  • 2026-05-07
  • 23:52:26
  • बिहिबार,बैशाख २४, २०८३
  • बालुवाटारमा सर्वपक्षीय बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?

    बालुवाटारमा सर्वपक्षीय बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?

    काठमाडौँ– आज (शुक्रबार) अपराह्न ४ बजे सर्वपक्षीय बैठक बस्ने तय भएको छ। बैठक प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बस्न लागेको हो।

    बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरुको उपस्थित रहने छ।

    बैठक फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलगायत विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

    राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते र प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते हुँदैछ।