समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवार सूचीमा कम्तीमा ५० प्रतिशत महिला अनिवार्य हुनुपर्ने - Chaitanya News
  • 2026-04-28
  • 22:35:10
  • मंगलबार,बैशाख १५, २०८३
  • समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवार सूचीमा कम्तीमा ५० प्रतिशत महिला अनिवार्य हुनुपर्ने

    समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवार सूचीमा कम्तीमा ५० प्रतिशत महिला अनिवार्य हुनुपर्ने

    काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ५० प्रतिशत महिला अनिवार्य हुनुपर्ने भएको छ।

    दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची तयार गर्दा कूल उम्मेदवारको कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्ने प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा २८ मा व्यवस्था छ।

    संविधानले समानुपातिक समावेशीको सिद्धान्त अवलम्बन गरे पनि निर्वाचन कानुनले संविधानको सो मर्म आत्मसात् नगरेको भन्दै कानुन संशोधनको माग उठ्दै आएको थियो।

    गत कात्तिक अन्तिम साता पहिलो संविधान सभाका चार सभासद्सहितको टोली (रेणु चन्द, बिन्दा पाण्डे, अमृता थापामगर, सुनीलबाबु पन्तलगायत)ले निर्वाचन आयोगका पदाधिकारीहरूलाई भेटेर कम्तीमा ५० प्रतिशत महिला सुनिश्चित गराउन माग गरेका थिए।