‘मुलुकको अर्थतन्त्र श्रीलंकाको जस्तो हुन्छ कि भन्ने चिन्ता थियो त्यो हटाएँ : जनार्दन शर्मा - Chaitanya News
  • 2026-08-18
  • 10:59:05
  • मंगलबार,भाद्र ०२, २०८३
  • ‘मुलुकको अर्थतन्त्र श्रीलंकाको जस्तो हुन्छ कि भन्ने चिन्ता थियो त्यो हटाएँ : जनार्दन शर्मा

    ‘मुलुकको अर्थतन्त्र श्रीलंकाको जस्तो हुन्छ कि भन्ने चिन्ता थियो त्यो हटाएँ : जनार्दन शर्मा

    काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले १७ महिना काम गर्दा आफूले अर्थतन्त्रलाई सुधार गरेको दाबी गरेका छन्। नयाँ सरकार गठनपछि अर्थमन्त्रीका रूपमा बिदा हुने क्रममा उनले आफूले मुलुकलाई श्रीलंका हुन्छ की भन्ने चिन्ताबाट मुक्त गराएको दाबी गरेका हुन्।

    मन्त्रालयमा सोमवार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मुलुकको अर्थतन्त्र श्रीलंकाको जस्तो हुन्छ कि भन्ने चिन्ता थियो त्यो हटाएँ। कोभिडबाट गलेको अर्थतन्त्रमा ठूलो त्रास थियो भने श्रीलंका हुन्छ की भने धेरैको चिन्तालाई मैले सन्तुलनमा ल्याएको छु।’

    मन्त्री शर्माले आर्थिक वृद्धि ४.२५ प्रतिशतबाट ५.८४ प्रतिशत पुर्‍याएको दाबी गरेका छन्। उनले अब देशको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुन्छ भन्ने अपेक्षा रहेको बताए। उनले आयातमा प्रतिबन्धले राजस्व केही घटे पनि १८ प्रतिशत आयात पनि घटेको बताए। ‘यो अर्थतन्त्रमा सुधार हो’, उनले भने।