‘निर्वाचनको वातावरण सरकारले बनाइसक्यो’ : मन्त्री खरेल - Chaitanya News
  • 2026-05-08
  • 01:08:36
  • बिहिबार,बैशाख २४, २०८३
  • ‘निर्वाचनको वातावरण सरकारले बनाइसक्यो’ : मन्त्री खरेल

    ‘निर्वाचनको वातावरण सरकारले बनाइसक्यो’ : मन्त्री खरेल

    काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता जगदीश खरेलले अपांगता भएका व्यक्तिहरूको हक अधिकार स्थापित गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

    आज (बुधबार) अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा काठमाडौँमा आयोजित प्रभात फेरीपछि सभालाई सम्बोधन गर्दै मन्त्री खरेलले यस्तो धारणा राखेका हुन्।

    वर्तमान सरकारको कार्यकाल छोटो रहे पनि अपांग महासंघसँग छलफल गर्दै आवश्यक ऐन कानून निर्माण गरिने उनले बताए।

    त्यस्तै मन्त्री खरेलले ६ महिनाभित्र निर्वाचन गर्ने म्याण्डेडका साथ सरकार गठन भएकाले जसरी भए पनि निर्वाचन सम्पन्न गर्ने दाबी गरे। निर्वाचनका लागि सरकारले उचित वातावरण बनाइसकेको उनले जिकिर गरेका छन्।

    अपांगता भएका नागरिकहरूको हक अधिकार प्रवर्द्धनका लागि विश्वभर संयुक्त राष्ट्रसंघको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो।

    दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय अपांग महासंघ लगायत विभिन्न संघसंस्थाले बुधबार काठमाडौँमा प्रभात फेरी आयोजना गरेका थिए। प्रभात फेरीपछि भृकुटीमण्डपमा सभा आयोजना गरिएको थियो।