नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहरूको क्लब जस्तो देखिने थापाको टिप्पणी - Chaitanya News
  • 2026-05-07
  • 10:51:37
  • बिहिबार,बैशाख २४, २०८३
  • नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहरूको क्लब जस्तो देखिने थापाको टिप्पणी

    नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहरूको क्लब जस्तो देखिने थापाको टिप्पणी

    काठमाडौँ— महामन्त्री गगन थापाले कांग्रेस पार्टीभित्र नयाँ पुस्ताको नेतृत्व र लोकतान्त्रिक परिपाटी गर्न सफल भए पनि नेपालको राजनीति पूर्वप्रधानमन्त्रीको क्लब जस्तो देखिने  टिप्पणी गरेका छन्।

    महामन्त्री थापाले नेपालको राजनीतिमा एउटा पूर्वप्रधानमन्त्रीले अर्को पूर्वप्रधानमन्त्रीलाई धोका दिने परिपाटी हाबी भएको बताए।

    एउटा पूर्वप्रधानमन्त्री अर्को पूर्वप्रधानमन्त्रीलाई धोका दिएको देखिन्छ। कति पटक पूर्व हुने भन्ने मात्रै रह्यो सबैको। यो हेर्दा सामान्य लाग्छ। यो हाम्रो राजनीतिक प्रणालीको एकदमै ठूलो समस्या हो। एकजना व्यक्ति पार्टी कब्जा गरेर बसेको अवस्था छ,’ महामन्त्री थापाले भने।

    छलफलमा नेता थापाले आफूले नेपाली कांग्रेसको केन्द्रिय बैठकमा पटक पटक निर्वाचनअघि गठबन्धन नगरौं भनेको कुरा उठाए। ‘नेपाली कांग्रेस र माओवादीले गठबन्धनका लागि कुरा गर्न मिल्दैन थियो। निर्वाचनमा एक–अर्काको भोट ट्रान्सफर गरिएको थियो। पाँच वर्षका लागि निर्वाचनअघि गरेको गठबन्धन गरेपछि त्यसको धर्म निर्वाह गर्नु पर्छ। जुन कुरा हामीले भन्दै आएको छौं,’ थापाले भने।

    उनले निर्वाचनअघि तालमेल गर्न उन्नत राजनीतिक संस्कार चाहिने बताए। ‘हार जितको कुरा एकछिन आयो, गयो। नेपाली कांग्रेसमा जोडिँदा एउटा प्रतिष्ठा हुन्थ्यो। त्यो कुरा फेरि बनाइन्छ। हामी कांग्रेस पार्टीलाई सदृढ कसरी बनाउने भन्नेबारे सोचिरहेका छौं,’ महामन्त्री थापाले भने।