सहसचिव पदको परीक्षा केन्द्र तोकियो, हेर्नुहोस् (सूचनासहित) - Chaitanya News
  • 2026-04-29
  • 00:08:29
  • मंगलबार,बैशाख १५, २०८३
  • सहसचिव पदको परीक्षा केन्द्र तोकियो, हेर्नुहोस् (सूचनासहित)

    सहसचिव पदको परीक्षा केन्द्र तोकियो, हेर्नुहोस् (सूचनासहित)

    काठमाडौँ– सहसचिव वा सो सरह पदको परीक्षा केन्द्र तोकिएको छ।

    आज (मंगलबार) लोक ससेवा आयोगको कार्यालयले एक सूचना जारी गर्दै सहसचिव वा सो सरह पदको परीक्षा केन्द्र तोकिएको जानकारी दिएको हो।

    आयोगको आ.व.२०८२–८३ को वार्षिक कार्यतालिका बमोजिम मिति २०८२–०६–२९ गते विज्ञापन प्रकाशन भएका राजपत्रांकित प्रथम श्रेणी (प्राविधिक–अप्राविधिक) र स्वास्थ्य सेवा तर्फ एघारौं तह, सहसचिव वा सो सरह पदको प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रमको परीक्षा केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ।