जुम्ला– जुम्लामा नेपाली सेनाका प्रमुख सेनानीको शव फेला परेको छ। २४ नम्बर बाहिनीमा कार्यरत प्रमुख सेनानी अञ्जन रुपाखेतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।
आज सोमवार बिहान चिया खाने समयमा चिया लिएर जाँदा रुपाखेती मृत भेटिनुभएको र उनले आत्महत्या गरेको हुन सक्ने नन्द बक्स गण जुम्लाका गणपति रविन थापाले बताए।
उनले रुपाखेतीको निधनले एक कुशल कमान्डर तथा सहकर्मी गुमाएको बताए। उनका अनुसार प्रमुख सेनानी रुपाखेतीले अहिले अप्रेशन क्षेत्र हेरिरहेका थिए।