राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षाले महत्त्वपूर्ण तीन क्षेत्रलाई छोएन - Chaitanya News
  • 2026-04-29
  • 00:10:25
  • मंगलबार,बैशाख १५, २०८३
  • राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षाले महत्त्वपूर्ण तीन क्षेत्रलाई छोएन

    राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षाले महत्त्वपूर्ण तीन क्षेत्रलाई छोएन

    काठमाडौँ– नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षामा सर्वाधिक चर्चामा हुने विषय छुटेका छन्।

    सोमबार सार्वजनिक भएको समीक्षामा सेयर बजार, घरजग्गा र अटो क्षेत्रको विषयमा कुनै सम्बोधन नभएका हुन्।

    सेयर बजारको सम्बन्धमा लगानीकर्ताको खासै ठुलो माग केही थिएन। लामो समयदेखि २५ करोडको सीमा खारेज गर्नुपर्छ भन्दै आएका लगानीकर्ताको माग मौद्रिक नीतिमार्फत नै सम्बोधन भएको थियो। त्यसैले यसपालि खासै उनीहरूले खासै ठुलो माग गरेका थिएनन्।

    घरजग्गा व्यवसायका लागि पनि मौद्रिक नीतिमार्फत नै राष्ट्र बैंक निकै उदार देखिएको थियो। यस अनुसार पहिलो पटक घर खरिद गर्न चाहने व्यक्तिले ८० प्रतिशतसम्म र अरूका हकमा ७० प्रतिशतसम्म मार्जिन सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको थियो।

    अटो व्यवसायीका हकमा भने मौद्रिक नीति अलि उदार देखिएन। खासगरी इलेक्ट्रिक सवारीमा यसअघि दिँदै आएको ८० प्रतिशतसम्मको लोन–टू–भ्यालु रेसियोलाई घटाएर राष्ट्र बैंकले ६० प्रतिशत कायम गरिदिएको थियो। व्यवसायीले यसलाई फेरि ८० प्रतिशत नै पुर्‍याउनुपर्ने बताउँदै आएका थिए। तर, पहिलो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले यो विषय सम्बोधन गरेन।