बाढी प्रभावित उद्यमीलाई राहत: १० प्रतिशत ब्याज बुझाएर कर्जा पुनर्संरचना गर्न पाउने - Chaitanya News
  • 2026-05-02
  • 05:07:34
  • शुक्रबार,बैशाख १८, २०८३
  • बाढी प्रभावित उद्यमीलाई राहत: १० प्रतिशत ब्याज बुझाएर कर्जा पुनर्संरचना गर्न पाउने

    बाढी प्रभावित उद्यमीलाई राहत: १० प्रतिशत ब्याज बुझाएर कर्जा पुनर्संरचना गर्न पाउने

    काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबार आर्थिक वर्ष २०८२– ८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।

    जसअनुसार, राष्ट्र बैंकले बाढी तथा पहिरोबाट प्रभावित उद्यमीहरूलाई लक्षित गर्दै राहत दिने घोषणा गरेको छ।

    राष्ट्र बैंकले इलाम लगायत बाढी प्रभावित जिल्लाका ऋणीहरूले न्यूनतम १० प्रतिशत ब्याज बुझाएर कर्जा पुनर्संरचना तथा पुनरतालिकीकरण गर्न पाउने व्यवस्था गरेको हो।

    मौद्रिक नीतिको समीक्षामा भनिएको छ, ‘हालैको बाढीरपहिरोबाट प्रभावित इलाम लगायत प्राकृतिक विपत्तिका कारण असर पुगेका अन्य जिल्लाका उद्यम र व्यवसायका लागि प्रवाहित कर्जा बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० प्रतिशत ब्याज असुल गरी एक पटकको लागि पुनर्संरचना र पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइनेछ।’