मौद्रिक नीतिको समीक्षा: ओभरड्राफ्ट कर्जाको दोब्बर पुग्यो - Chaitanya News
  • 2026-09-06
  • 20:03:23
  • आइतबार,भाद्र २१, २०८३
  • मौद्रिक नीतिको समीक्षा: ओभरड्राफ्ट कर्जाको दोब्बर पुग्यो

    मौद्रिक नीतिको समीक्षा: ओभरड्राफ्ट कर्जाको दोब्बर पुग्यो

    काठमाडौँ– बैंक तथा वित्तीय संस्थाले दिने ओभरड्राफ्ट कर्जाको सीमा दोब्बर पुगेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै यस्तो सीमालाई बढाएको हो।

    यसअघि ओभरड्राफ्ट कर्जाको सीमा ५० लाख रुपैयाँ तोकिएको थियो। यसलाई अब १ करोड पुर्‍याइएको छ।

    यसअघि राष्ट्र बैंकले ओभरड्राफ्टको नाममा कर्जाको दुरुपयोग भएको आशंका गर्दै सीमा ५० लाखमा कायम गरेको थियो। राष्ट्र बैंकको यो कदमले व्यक्तिगत उपभोग्य कर्जाको माग बढ्ने अपेक्षा गरिएको छ।