मौद्रिक नीतिः ब्याजदर करिडोरको सीमा हेरफेर - Chaitanya News
  • 2026-05-02
  • 05:07:52
  • शुक्रबार,बैशाख १८, २०८३
  • मौद्रिक नीतिः ब्याजदर करिडोरको सीमा हेरफेर

    मौद्रिक नीतिः ब्याजदर करिडोरको सीमा हेरफेर

    काठमाडौँ– आज (सोमबार) नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको छ।

    यसअनुसार ब्याजदर करिडोरको सीमा हेरफेर भएको छ। करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६.०० प्रतिशतबाट घटाई ५.७५ प्रतिशत कायम गरिएको छ।

    त्यस्तै, नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाई ४.२५ प्रतिशत कायम गरिएको छ। ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको स्थायी निक्षेप सुविधा दरलाई २.७५ प्रतिशत यथावत् कायम राखिएको छ।