मौद्रिक नीति: लघुवित्तको धितो कर्जा सीमा १५ लाखb - Chaitanya News
  • 2026-05-02
  • 05:05:56
  • शुक्रबार,बैशाख १८, २०८३
  • मौद्रिक नीति: लघुवित्तको धितो कर्जा सीमा १५ लाखb

    मौद्रिक नीति: लघुवित्तको धितो कर्जा सीमा १५ लाखb

    काठमाडौँ– चालु आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले लघु वित्तले धितो दिने कर्जाको सीमा बढाएको छ।

    आज (सोमबार) नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको समीक्षामा लघु वित्तको धितो कर्जा सीमामा नीतिगत परिर्वतन गरेको हो।

    ‘लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाख रुपैयाँबाट वृद्धि गरी १५ लाख रुपैयाँ कायम गरिनेछ,’ राष्ट्र बैंकका नीतिगत व्यवस्थामा भनिएको छ।

    राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखेको भन्दै कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था मिलाइने समेत आफ्‌नो नीतिमा उल्लेख गरेको छ।