ओलीले गरे एमाले एघारौं महाधिवेशनको लोगो सार्वजनिक - Chaitanya News
  • 2026-06-24
  • 02:55:23
  • मंगलबार,आषाढ ०९, २०८३
  • ओलीले गरे एमाले एघारौं महाधिवेशनको लोगो सार्वजनिक

    ओलीले गरे एमाले एघारौं महाधिवेशनको लोगो सार्वजनिक

    काठमाडौं– नेकपा एमालेले एघारौं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ।

    आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन्।

    एमालेले यही मंसिर अन्तिम साता महाधिवेशन गर्दैछ। भक्तपुरको सल्लाघारीमा हुने महाधिवेशनका लागि अहिले देशभरबाट प्रतिनिधि छनोटको काम भइरहेको छ।