आज नेपाल राष्ट्र बैंकले थप ४० अर्ब रूपैयाँ उठाउँदै - Chaitanya News
  • 2026-04-29
  • 21:21:50
  • बुधबार,बैशाख १६, २०८३
  • आज नेपाल राष्ट्र बैंकले थप ४० अर्ब रूपैयाँ उठाउँदै

    आज नेपाल राष्ट्र बैंकले थप ४० अर्ब रूपैयाँ उठाउँदै

    काठमाडौँ– बजारमा अत्याधिक तरलता बढेपछि आज (आइतबार) नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ४० अर्ब रूपैयाँ उठाउने भएको छ।

    राष्ट्र बैंकले ३५ दिनका लागि आज दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ। बोल गर्न सकिने रकम कम्तीमा १० करोड रूपैयाँ र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ।

    सावाँ तथा ब्याज भुक्तानी आगामी पुस १० गते तोकिएको छ। यसको ब्याज दरसमेत बोलकबोलको माध्यमबाट हुनेछ। राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याज दरमा गर्नुपर्ने छ।

    बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ। निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।