एमालेसहित ६ राजनीतिक दल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति - Chaitanya News
  • 2026-08-18
  • 10:02:09
  • मंगलबार,भाद्र ०२, २०८३
  • एमालेसहित ६ राजनीतिक दल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति

    एमालेसहित ६ राजनीतिक दल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति

    काठमाडौं– एमालेसहित ६ राजनीतिक दलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन्। केपी ओलीनिवास बालकोटमा सम्पन्न बैठकमा दाहाललाई प्रधानमन्त्री बनाउने सहमति जुटेको एक नेताले बताए।

    अब संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमत पेस गर्दै राष्ट्रपतिसमक्ष शीर्ष नेताहरूले सरकार गठनको दाबी पेस गर्न जानेछन्। नेताहरू राष्ट्रपति कार्यालय जाने तयारीमा छन्।

    वार्तामा सहभागी एक नेताले राष्ट्रपतिले दिएको समयसीमाभित्र एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर प्रधानमन्त्रीमा प्रचण्डको नाम पेस गरिने बताए।