काठमाडौँ– आज (आइतबार) राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ।
बैठक बिहान ११ः३० बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ। आजको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री मदन प्रसाद परियारसँग विशेष छलफल गरिनेछ।
यसैगरी कृषि तथा पशुपन्छी विकास मन्त्री परियारसँग संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप)मा भएका विगतका निर्णय(सम्झौताको कार्यान्वयनको अवस्था–प्रगति एवं ‘संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप ३०) को समीक्षा गर्ने कार्यसूचीमा रहेको छ।