सरकार निर्माणको दौड विश्वकपको फाइनलजस्तै भयो : डा.भट्टराई - Chaitanya News
  • 2026-04-25
  • 21:38:37
  • शनिबार,बैशाख १२, २०८३
  • सरकार निर्माणको दौड विश्वकपको फाइनलजस्तै भयो : डा.भट्टराई

    सरकार निर्माणको दौड विश्वकपको फाइनलजस्तै भयो : डा.भट्टराई

    काठमार्डौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार निर्माणको दौड हालै सम्पन्न विश्वकप फुटबलको फाइनलजस्तै भएको टिप्पणी गरेका छन्।

    ‘हालै सन्पन्न वर्ल्डकप फुटबलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर’सम्मै उस्तै रोमाञ्चक हुन लागेको हो?,’ भट्टराईले फेसबुकमा लेखेका छन्।

    विश्वकपको फाइनलको निर्धारित ९० मिनेटको अन्तिम समयमा फ्रान्सले लगातार २ गोल गर्दै बराबरी गरेसँगै खेल निकै रोमाञ्चक बनेको थियो। अतिरिक्त ३० मिनेटको समयमा पनि बराबरी भएपछि पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले फ्रान्सलाई पराजित गरेको थियो।

    अहिले सरकार निर्माणको खेल पनि त्यस्तै बन्न लागेको हो भन्दै भट्टराईले प्रश्न गरेका हुन्।

    कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै नछाडेपछि माओवादी केन्द्र गठबन्धन छाडेर एमालेसँगको छलफलमा छ। बालकोटमा अहिले एमाले, माओवादी केन्द्र, रास्वपा र जनमत पार्टीका नेताहरूको बैठक बसिरहेको छ।