काठमाडौँ– स्मार्ट टेलिकम पीडितहरूले सञ्चार मन्त्री जगदीश खरेललाई भेटेका छन्।
आज (श्क्रबार) सिंहदरवारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा गएर उनीहरूले सञ्चार मन्त्री खरेललाई भेटेर आफूहरू लामो समयदेखि पीडित बनेको भन्दै समस्या समाधानका लागि आग्रह गरेका हुन्।
भेटमा स्मार्ट टेलिकमले सेवा सञ्चालनका लागि टावर राख्न घर भाडामा माग्न आएको र आफूहरूले पनि दिएको तर बर्सौँ भाडा नतिर्दा टेलिकमबाट आफूहरू पीडित बनेको उनीहरूले बताए।
स्मार्ट टेलिकम टावर पीडित संयोजक कृष्णबहादुर थापाले टेलिकमबाट आफूहरू पीडित भएको र बसौँसम्म पनि समस्या सामाधन नभएपछि सञ्चार मन्त्री भेट्नुपरेको बताए।
स्मार्ट टेलिकम टावर पीडित संयोजक थापाका अनुसार स्मार्ट टेलिकम खारेजपछि सबै सम्पती नेपाल सरकारले लिएको छ। सरकारले समिति पनि बनाएको छ।
‘तपाईँहरूको माग जेजे छ, लिखित ल्याउनुहोस् यो सरकारले कसैलाई अन्यायमा पर्न दिँदैन। सबैतिरका समस्या सरकारले सुन्छ। समस्या सुन्दा कहाँनिर बदमासी भएको छ, को अन्यायमा परेको छ। यसको न्याय र समस्या समाधान कसरी हुनुपर्छ, सरकारले खोजिहाल्छ,’ उनले भने।