४ खर्ब ३० अर्ब बराबरको नोट छाप्न चिनियाँ कम्पनीले पायो ठेक्का - Chaitanya News
  • 2026-04-29
  • 21:23:23
  • बुधबार,बैशाख १६, २०८३
  • ४ खर्ब ३० अर्ब बराबरको नोट छाप्न चिनियाँ कम्पनीले पायो ठेक्का

    ४ खर्ब ३० अर्ब बराबरको नोट छाप्न चिनियाँ कम्पनीले पायो ठेक्का

    काठमाडौँ– ४ खर्ब ३० अर्ब बराबरको नोट छाप्न चिनियाँ कम्पनीले ठेक्का पाएको छ।

    नेपाल राष्ट्र बैंकले १६.९८५ मिलियन अमेरिकी डलर (अहिलेको विनिमय दर अनुसार २ अर्ब ३९ करोड रुपैयाँ) लागतमा सो बराबरको नोट छाप्न चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन बेइजिङलाई जिम्मा दिने निर्णय गरेको हो।

    यसअनुसार एक हजार दरको नोट छाप्न अहिलेको विनिमय दर अनुसार ५ रुपैयाँ ५६ पैसा लाग्ने देखिएको छ। यस अन्तर्गत १ हजार रुपैयाँ दरका ४३ करोड थान नोट छपाई हुनेछ। यसका लागि राष्ट्र बैंकले गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो।

    तोकिएको समयमा बोलपत्रमा सहभागी भएका सारभूत रुपमा प्रभावग्राही बोलपत्रदाता मध्येबाट उक्त छनोट गरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ।