सरकारमा जाने बाध्यकारी अवस्था छैन : सिके राउत - Chaitanya News
  • 2026-05-07
  • 10:09:39
  • बिहिबार,बैशाख २४, २०८३
  • सरकारमा जाने बाध्यकारी अवस्था छैन : सिके राउत

    सरकारमा जाने बाध्यकारी अवस्था छैन : सिके राउत

    काठमाडौं– जनमत पार्टीका अध्यक्ष सिके राउतले सरकारमा जाने बाध्यकारी अवस्था नरहेको प्रतिक्रिया दिएका छन्।

    सत्ता समीकरण छलफलमा सहभागी हुन बालकोट पुगेका अध्यक्ष राउतले सञ्चारकर्मीसँग भने, ‘सरकार निर्माणलगायतका विषयमा यहाँ छलफल भइरहेको छ, सल्लाहका लागि यहाँ बोलाएको कारण आएको हुँ हामीले आफ्नो कुरा यहाँ राख्छौं।’

    आफ्नो पार्टीको लाइन पहिलादेखि नै राख्दै आएको बताउँदै उनले आफूहरूको बटमलाइन अनुसार संवाद भयो भने सरकारमा जाने कुरा हुन्छ नत्र हुँदैन, सरकारमा जाने बाध्यकारी अवस्था अहिले छैन। अध्यक्ष राउतले सत्ता गठबन्धनको सरकारमा सहभागी हुने विषयमा काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरिसकेका थिए। उनी सरकारमा सहभागी हुने सहमति पनि जनाइसकेका थिए।