काठमाडौं– आगामी २१ फागुनका लागि हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा सेना परिचालनका लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।