नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात सहमति - Chaitanya News
  • 2026-05-02
  • 05:00:20
  • शुक्रबार,बैशाख १८, २०८३
  • नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात सहमति

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात सहमति

    काठमाडौं– नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ।

    अहिले भने ४० मेगावाट निर्यात भइरहेको छ। यस अतिरिक्त थप २० मेगावाट निर्यात सहमति भएको हो।

    बिहीबार बंगलादेशको ढाकामा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७औं बैठकमा यस्तो सहमति जुटेको हो।

    बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव चीरञ्जीवी चटौत र बंगलादेशको ऊर्जा सचिव फर्जना ममताजले टोलीको नेतृत्व गरेका थिए।

    सोही बैठकमा सुनकोशी ३ जलविद्युत् आयोजनाको लगानी प्रक्रियामा अगाडि बढाउन बंगलादेशले आयोजना मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गरी लगानी प्रक्रिया बढाउने र जेभीए छिटो टुंंग्याउने सहसति समेत भएको छ।